राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माकाे आराेप- प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ – Nepal Press

राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माकाे आराेप- प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाएका छन् ।

दलित महिला संघ (फेडो)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । अध्यक्ष विश्वकर्माले दलितलाई फसाउने काम नगर्न भनेर आफूले पटक-पटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गरे ।

उनले दलित समुदायले कानून नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाईमा सत्यता नरहेको जिकिर समेत गरे। उनले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताए ।

अध्यक्ष विश्वकर्माले भने, ‘नेपाल प्रहरीले दलितहरुलाई जब्बरजस्ती फसाईराखेको छ । मैले नेपाल प्रहरीको आइजीपीलाई पनि यो कुरा भनेको छु–मिलेर यो कुरा बुझाउ । उहाँले पनि आयोग र हामी मिलेर यो कुरा बुझाउ भन्नुभएको छ । त्यो काम गर्न हामी प्रयत्नशील छौं । अघि बढाइएको छ । त्यो चाहीँ सत्य होइन कि कानूनको अनविज्ञ भएर पनि दलित समुदाय जेलमा धेरै भएका होइनन् । उनीहरुलाई फसाइएको हो ।’

कार्यक्रममा प्रहरी निरीक्षक शारदा थापाले कानूनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर