महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक – Nepal Press

महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दू राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् । तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए ।

भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषय प्रवेश गराउन आग्रह गरेका थिए ।

‘यस विषयमा सभापतिज्यू सकारात्मक देखिनुभएको छ’, उनले भने ।

वैदिक सनातन हिन्दू राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तनमा भण्डारीले जोड दिँदै आएका छन् ।

केही दिनअघिमात्र देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएका थिए । मंगलबार नवलपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा नफर्किने दाबी गरे । तर, हिन्दू राष्ट्रको विषयमा छलफल गर्न सकिने उनको भनाइ थियो ।

पार्टीको महासमिति बैठकको तयारी भइरहेको बेला कांग्रेसमा हिन्दू राष्ट्रको बहस गर्माएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर