अनेरास्ववियुद्वारा भूकम्पले ध्वस्त विद्यालय भवनका ठाउँमा अस्थायी संरचना बनाउँदै हस्तान्तरण (भिडिओ) – Nepal Press

अनेरास्ववियुद्वारा भूकम्पले ध्वस्त विद्यालय भवनका ठाउँमा अस्थायी संरचना बनाउँदै हस्तान्तरण (भिडिओ)

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले जाजरकोटको विकट गाउँ तिमिलेमा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अस्थायी भवन निर्माण गरेर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

भेरी नगरपालिका वडा नम्बर २ तिमिले २२ सय मिटर उचाइमा रहेको र हिमपात समेत शुरु भएकाले बालबालिकालाई पढ्नका लागि अस्थायी भवन बनाएर हस्तान्तरण गरिएको अनेरास्ववियुका प्रवक्ता समेत रहेका सचिव प्रकाश पौडेलले जानकारी दिए ।

जाजरकोटकै बासिन्दा रहेका उपाध्यक्ष नारायण घर्तीको समन्वयमा अनेरास्ववियुका २५ जनाको टिम अहिले विद्यालयका भग्नावशेष हटाएर अस्थायी अध्ययन केन्द्र बनाउने अभियानमा रहेको पौडेलले बताए । उनले रुकुममा पनि २ विद्यालय भवन बनाइएको जानकारी दिए ।

आधारभूत विद्यालयको अस्थायी संरचना अखिलको टिमले एक दिनमै निर्माण गरेर प्रधानाध्यापक बलबहादुर खत्रीलाई हस्तान्तरण गरेको हो । विद्यालयकै जस्तापाता निकालेर त्यहिँकै काठपात प्रयोग गरिएको उनले बताए । त्रिपाल भने अखिलको टिमले लिएर गएको थियो ।

अरु ३ विद्यालय निर्माणको क्रममा रहेको र हालसम्म ५ वटा अस्थायी घर बनाएर स्थानीयलाई छानोमुनी लगिएको पौडेलले बताएका छन् ।
उक्त विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् । भुकम्पपछि उनीहरु स्कूल जान पाएका थिएनन् । २ कोठे भवन बनाएर हस्तान्तरण भएपछि अस्थायी संरचनामा पठनपाठन शुरु भएको प्रअ खत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर