डोटीको सायलमा आँखा उपचार केन्द्र स्थापना – Nepal Press

डोटीको सायलमा आँखा उपचार केन्द्र स्थापना

डोटी । डोटीको सायल गाउँपालिकामा आँखा स्थापना केन्द्र स्थापना भएको छ । च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

बुधबार सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी र च्यारिटी हेल्थ फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले संयुक्त रुपमा उद्घाटन केन्द्रको स्थापना गरेका हुन् ।

जिल्लाको दुर्गम क्षेत्र मानिने सायलका बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा उपचार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष जोशीले बताए । उनले भने, ‘अब आँखामा देखिने सामान्य समस्याको उपचार गाऊमै हुनेछ ‌।’

सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टिविहीन हुने जोखिम हुने भएकोले पनि सायल गाँउपालिकाका नागरिकलाई गाँउमै समयमै आँखाको उपचार सुबिधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको च्यारिटी हेल्थ फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले वताए ।

‘आँखा उपचार केन्द्र स्थापना भएपछि सामान्य समस्या हुँदा पनि उपचारका लागि दिपायल र धनगढी जानु पर्ने समस्या समाधान हुनेछ’, उपाध्यायले भने, ‘सामान्य उपचारका लागि जाँदा उपचार भन्दा गाडी भाडा र आवात जावतमै बढी खर्च हुने गरेको छ ।’

‘त्यसैले सायलवासीहरुले स्थानीयस्तरमै सहज रुपमा सेवा दिन आँखा उपचार केन्द्र स्थापना गरिएको हो’, उपाध्यायले भने ।

केन्द्रलाई च्यारिटी हेल्थ फाउण्डेसनले १० लाख वरावरको औषधी पनि उपलब्ध गराएको फाउन्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयले जानकारी दिए ।

आँखा उपचार केन्द्रको लागि दक्ष जनशक्ति गाउपालिकाले व्यवस्थापन गर्ने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *