भारतको क्रिकेट प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता – Nepal Press

भारतको क्रिकेट प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता

काठमाडौं । भारतको राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन् । उनको करार एकदिवसीय विश्वकपसम्मलाई रहेकोमा अनिश्चितकालका लागि लम्ब्याउने निर्णय भारतीय क्रिकेट बोर्डले गरेको छ ।

क्रिकइन्फोका अनुसार द्रविडले कम्तिमा २०२४ को जूनमा हुने टी–२० विश्वकपसम्म टीम सम्हाल्नेछन् । उक्त विश्वकपमा भारतले गर्ने प्रदर्शनका आधारमा थप निर्णय लिइने जनाइएको छ ।

सन् २०२१ को नोभेम्बरमा द्रविड दुई वर्षका लागि भारतीय टीमको प्रमूख प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा भारतले उल्लेख्य सफलता हासिल गरेको छ । भारत एकैपटक टेस्ट, एकदिवसीय र टि–२० को उच्च वरियतामा समेत पुगेको थियो । यद्यपि, भारतले कुनै पनि आइसीसीको उपाधि भने जित्न सकेन ।

बीसीसीआइले द्रविडलाई सम्झौता अवधि लम्ब्याउने प्रस्ताव गरेकोमा द्रविडले स्वीकार गरेका छन् । एक विज्ञप्तिमा उनले वितेका दुई वर्ष भारतीय टीमका लागि निकै अविस्मरणीय भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर