केपी ओली कप क्रिकेट : कोशीलाई सान्त्वना जीत – Nepal Press

केपी ओली कप क्रिकेट : कोशीलाई सान्त्वना जीत

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ लाई ९ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधवार भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेशले एकेडेमी ‘ब्लु’ विरुद्ध सान्त्वना जीत निकालेको हो ।

बुधवार बिहान पहिले ब्याटिङ गरेको एकेडेमी ‘ब्लु’ ले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो । एकेडेमी ‘ब्लु’ का लागि अर्जुन रायमाझीले सर्वाधिक २५ रन बनाएका थिए। मेहुल श्रेष्ठ र अभय यादवले १०-१० रन जोडे ।

बलिङतर्फ कोशीका सर्वन यादवले ३ विकेट लिए । फिर्दोष अन्सारी र कमल खत्रीले २-२, सोनु मण्डल, मनिष थापा र गौरव कटुवालले १-१ विके झारे ।

जवाफी ब्याटिङ गरेको कोशी ७ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कोशीका सोनु अन्सरीले अविजित ३५ रन जोडे । कप्तान अंकित सुबेदीले १४ र मनिष थापाले १८ रनको योगदान दिए । बलिङतर्फ एकेडेमी ‘ब्लु’ का सुभम खनालले १ विकेट लिए ।

पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) पुगेका छन् ।

बिहीबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ । भने बिहीबार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबिच हुनेछ । फाइनल खेल शुक्रवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर