धितोपत्र बोर्डद्वारा ८८ वटा कम्पनीमाथि कारबाही, एक लाख रुपैयाँसम्म जरिवाना (सूचीसहित) – Nepal Press

धितोपत्र बोर्डद्वारा ८८ वटा कम्पनीमाथि कारबाही, एक लाख रुपैयाँसम्म जरिवाना (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८८ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले उनीहरुलाई ५० हजार देखि एक लाख रुपैयाँसम्मको जरिवाना तिराएको हो ।

बोर्डले समयमा वित्तीय विवरण नबुझाउने सूचीकृत ८८ कम्पनीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको कारबाही गरेको हो । बोर्डले आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमासिकसम्म नवीकरण ढलिो बुझाउने र नबुझाउने ८८ कम्पनीलाई जरिवाना गरेको हो ।

बोर्डको कारबाहीमा परेका ८८ कम्पनीमध्ये १९ वटा कम्पनी वित्तीय वविरण नबुझाउने र ६९ कम्पनीले ढिला विवरण बुझाउने रहेका छन् । जहाँ बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । त्यस्तै, वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतकिम्पनी १ लाख रुपैयाँका दरले जरिवाना किन नगर्ने भनेर भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर