प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार वार्तामा के भयो कुराकानी ? – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार वार्तामा के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

उनले भने, ‘प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भेटवार्ता भएपछि राजनीतिक घटनाक्रमबारे कुरा हुने भइहाल्यो । तर, कुनै ठोस एजेण्डा केन्द्रित भएको होइन ।’

प्रधानमन्त्री प्रचण्डले भोलि आफू कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउँदै सुझाव मागेको बताए । ओलीले प्रधानमन्त्रीलाई सुझाव दिँदै आफू पनि मध्यपहाडी लोकमार्गको पदयात्रा निस्कन लागेको जानकारी गराएको बताए ।

दुई नेताहरुबीचको भेटमा गणतन्त्रविरोधी पछिल्ला आन्दोलन, संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगोलगायतको विषयमा पनि छलफल भएको बताइन्छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैल्याउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट हुनुपर्नेमा जोड दिँदै आएका छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार वार्तामा के भयो कुराकानी ?

  1. यो माओवादी र त्यसको नेता पुष्पकमल दाहाल लगायत अनि कांग्रेसका सभापति र सभापति पत्नी आरजु लगायत र माधवकुमार नेपाल भारतीय र अमेरिकी एजेण्ट हुन यिनीहरूले इन्डो पश्चिमा चाकरी गरेर आफ्ना सन्तानको भविष्यका लागि काम गरेका हुन त्यसकारण पनि उनीहरूसँग कुनै पनि खाले संझोता नेकपा एमाले गर्नु हुदैन ।

    1. एमालेको मध्यपहाडी लोकमार्गमा हुन लागेको कार्यक्रम बिथोल्न दिल्लीका टट्टुहरू विभिन्न भेषमा आउन सम्छन् । योगेशलाई लुकेर ढुंगा हानने हिंजडा जस्तै ।सरकारको काम शान्ति सुरक्षा कायम गर्ने हो । यदि एमालेले गर्न लागेको कार्यक्रम कुनै भाडाको टट्टु आएर बिथोल्न खोजेमा सरकारले नियन्त्रणाा लिओस् । अन्यथा एमालेले कारवाहि गर्नुपरेको खण्डमन कानून हातमा लियो भनेर कुम हल्लाउँदै भन्दै हिडेमा ठिक हुँदैन नि भनेर प्रचण्डलाई सम्झाउन र त्यो गराउनु अन्यथा एमालेले ठिक पार्नु परेमा कानून हातमा लियो भनेर नभन्न । थर्काउन गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर