काठमाडौंको टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार – Nepal Press

काठमाडौंको टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाडौंको टेकुमा मंगलबार आफ्नो १८९औं शाखा सञ्चालनमा ल्याएको हो । यससँगै काठमाडौं उपत्यकाभित्र मात्रै बैंकका ३७ वटा शाखा र बाग्मती प्रदेशमा ५१ वटा शाखा पुगेका छन् ।

बैंकको उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे, समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

शाखामार्फत लकर सेवा, एटीएम सेवालगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

देशभर बैंकले आफ्ना १८९ शाखा, १४९ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर