केपी ओली कप टी-२० क्रिकेट: त्रिभुवन आर्मी क्लब विजयी – Nepal Press

केपी ओली कप टी-२० क्रिकेट: त्रिभुवन आर्मी क्लब विजयी

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’लाई ११० रनले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको एकेडेमी १५ ओभर ५ बलमा ८५ रनमा समेटिएको थियो ।

एकेडेमीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जीतेन्द्र मुखिया र शाहब आलमले २-२ विकेट लिए ।

एकेडेमीका कप्तान निर्भिक पाठकले २८ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । आर्मीका सन्तोष कार्कीले ४१ रन बनाए । विनोद भण्डारीले ३८, विवेक यादवले २९, कुशल मल्लले २५ र बसिर अहमदले २३ रनको योगदान दिए ।

बलिङतर्फ एकेडेमीका मेहोल श्रेष्ठले २, कौशल रुपाखेती, शुभम खनाल र धवन शहनीले १-१ विकेट लिए ।

आर्मीका कुशल मल्ल प्लेयर द म्याच बने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर