दुर्गा प्रसाईँको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ – Nepal Press

दुर्गा प्रसाईँको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।

गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको माहौल शान्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *