दुर्गा प्रसाईँका समर्थकले प्रहरीमाथि ढुंगा हानेपछि गौशालामा तनाव – Nepal Press

दुर्गा प्रसाईँका समर्थकले प्रहरीमाथि ढुंगा हानेपछि गौशालामा तनाव

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका केही समर्थक पक्राउ परेका छन् । गौशालाको मूल सडक नै कब्जा गरेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका छन् । अहिले त्यहाँको माहौल शान्त छ ।

प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आज धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग गरेको हो ।

पाँचौ दिनसम्म आइपुग्दा आन्दोलनमा प्रसाईँका समर्थक भने क्रमश: घट्दै गएका छन् ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर