विवादपछि इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख, फेर्ने तयारी – Nepal Press

विवादपछि इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख, फेर्ने तयारी

बिर्तामोड । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगैको शिलालेख फेरिने भएको छ । शिलालेख ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महराजाधिराज’ भनेर उल्लेख गरिएपछि विवादित बनेको थियो । सोही क्रममा शाहले कलेजको पनि उद्घाटन गरेका थिए ।

विवाद बढेपछि ‘श्री ५’ लेखेको शिलालेख हटाएर अर्को बनाउन अर्डर गरिएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले जानकारी दिए ।

यो पनि पढ्नुस् : कलेजको शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएपछि विवाद, राष्ट्रगान पनि बजाउन दिइएन

नेपाल सरकारको नीति नियमबमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो ।

कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको भनी बिर्तामोडका मेयरलगायत जनप्रतिनिधि कार्यक्रममा आएका थिएनन् । कलेजले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्म्याटअनुसार शिलालेख तयार गरिएको बताएको थियो ।

झापाका सीडीओ शिवराम पोखरेलले हुँदै नभएको पद लेख्न नपाइने भन्दै तत्कालै मेटाउन लगाइने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *