राजसंस्थाको मागबारे शशांकले भने- यहाँ हरेक कुराको सम्भावना छ – Nepal Press

राजसंस्थाको मागबारे शशांकले भने- यहाँ हरेक कुराको सम्भावना छ

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सभापति देउवासँगै पुगेका उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । तर, यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’

सरकारका कामप्रति नागरिक पूर्णरूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको टिप्पणी छ ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।’

संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए ।

कोइरालाले थपे, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर