दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो – Nepal Press

दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुन: काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले नेपाल प्रेसलाई बताए ।

एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो ।

आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर