मापसे गरेर प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति पक्राउ – Nepal Press

मापसे गरेर प्रहरी कुट्ने कांग्रेस क्षेत्रीय सभापति पक्राउ

पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् ।

बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको डिएसपी केसीले बताए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर