पूर्वराजालाई गगनको चुनौती- च्याँखे दाऊ नथापी सिधै खालमा आऊ,मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन (भिडिओ) – Nepal Press

पूर्वराजालाई गगनको चुनौती- च्याँखे दाऊ नथापी सिधै खालमा आऊ,मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन (भिडिओ)

तम्घास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् ।

गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिए ।

महामन्त्री थापाले भने–नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन ? राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहान्छु,महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।

महामन्त्री थापाले राजाले धर्म जोगाउछन् भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । मौका पर्दा मन्दिरका मुर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर