झापामा पूर्व राजाको कार्यक्रम, प्रदेशका विभिन्न जिल्लाबाट राजावादी भेला हुँदै – Nepal Press

झापामा पूर्व राजाको कार्यक्रम, प्रदेशका विभिन्न जिल्लाबाट राजावादी भेला हुँदै

विराटनगर । झापाको बिर्तामोडमा रहेको इकम कलेजको उद्घाटन तथा सोही कलेजको प्रांगणमा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् ।

उनी शुक्रवार नै झापा आइपुगेका हुन् । झापाको मेचीनगरस्थित एचएमसी होटलमा बसेका उनी अहिले केही बेरमा कार्यक्रम स्थल बिर्तामोड तर्फ आउने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाहले दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम रहेको कलेजका कार्यकारी अध्यक्ष अलोक कार्कीले जानकारी दिए ।

उनी झापा आएसँगै झापाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भई रहेका छन् ।

झापामा राजा आएसँगै राप्रपाले र्‍याली गर्ने तयारी गरेको छ । मेचीनगरबाट र्‍याली निकाल्ने र्‍यालीमा सहभागी बन्न विभिन्न स्थानबाट राजावादीहरू भेला भएका ।


प्रतिक्रिया

One thought on “झापामा पूर्व राजाको कार्यक्रम, प्रदेशका विभिन्न जिल्लाबाट राजावादी भेला हुँदै

  1. ज्ञानेन्द्र शाह व्यापारी तस्कर र कर छलिका मस्याहा हुन उनले २०६१साल माघमा ६०० सय भन्दा बढी बसट्रकको भन्सार पासगरी बजेट भाषण अघिल्लो दिन नै भन्सार पास गरी भोलि पल्ट बजेट पास गराई पर गाडी ३ लाखदेखि ३.५० सम्म फरक पारि राजश्व माथि भार पारेको रेकर्ड बिरगंज भन्सार र यातायातको रेकर्ड हेर्दा देखिन्छ त्यसकारण व्यापारी कहिले राजा महाराज हुनसक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर