हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने – Nepal Press

हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौँडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा मंसिर १२ गतेदेखि १७ गतेसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रतिस्पर्धाको लागि एसियाका विभिन्न देशसहित नेपालबाट हालसम्म १३० जना खेलाडीले नाम दर्ता गराइसकेको मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

९ राउण्डमा हुने प्रतियोगितामा सहभागी हुन आउने खेलाडीको लागि ५ रात र ६ दिनको खाना बस्नको सुविधा आयोजकले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएको श्रेष्ठले बताए ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् काठमाडौं, बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौँडा, हेटौँडा उपमहानगरपालिका र हेटौँडाको विभिन्न वडाहरूको आर्थिक सहयोगमा हुन लागेको आयोजकको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँदेखि दशौंसम्म हुनेले क्रमशः १ लाख २५ हजार रुपैयाँ, ७५ हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजनाका लागि करिब ६१ लाख १२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताले हेटौँडा सहित नेपालकै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर