लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरी सक्रिय छ : आईजीपी कुँवर – Nepal Press

लैङ्गिक हिंसा नियन्त्रण गर्न प्रहरी सक्रिय छ : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालय, महिला, बालबिालक तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए ।

सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइहरका र त्यस्ता घटना हुन नदिन प्रहरीले सचेतना बढाउँदै र अनुसन्धान गरिरहेको महानिरीक्षक कुँवरले बताए । उनले लैङ्गिक संवेदनशीलता शून्य नीति अपनाउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिकका अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानिरीक्षक कुँवरले ‘लैङ्गिक हिंसामा संलग्न प्रहरी कर्मचारी शून्य सहनशीलता कार्यआदेश–२०८०’ समेत सुभारम्भ गरेका थिए । -रासस

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *