गौतमबुद्ध क्रिकेट रंगशाला सफाइ, मेयर दाहाल पनि सहभागी – Nepal Press

गौतमबुद्ध क्रिकेट रंगशाला सफाइ, मेयर दाहाल पनि सहभागी

चितवन । भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सफाइ गरिएको छ । सफाइ कार्यक्रममा मेयर रेनु दाहाल पनि गएकी थिइन् ।

आज बिहान महानगरले रंगशाला सरसफाइ कार्यक्रम राखेको थियो । स्थानीय, महानगका प्रहरी, विद्यार्थी, स्काउट लगायतको टोलीले झाडी सफाइ गरेको थियो ।

महानगरले बागमती प्रदेशसँग मिलेर रंगशालाको मर्मत थालनीको तयारी समेत गरेको छ । रंगशाला सफाइसँगै निर्माणकार्य अगाडि बढ्नेमा स्थानीय आशावादी भएका छन् । सरकारले केही दिनअघि मात्र गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर