केपी ओली कप: कर्णालीलाई बागमतीको बलियो लक्ष्य प्रस्तुत – Nepal Press

केपी ओली कप: कर्णालीलाई बागमतीको बलियो लक्ष्य प्रस्तुत

पोखरा । पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १९० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ८२ रन बनाए ।

रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । इशान पाण्डेले ७० र प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए ।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र प्रकाश जैसीले ३(३ विकेट लिए । बिहीबारको पहिलो खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड लाई १०९ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर