लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक – Nepal Press

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । रंग पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित सिनेमा ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको पोस्टर फरक देखिन्छ ।

उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले सिनेमा महिला केन्द्रित रहेको बुझाउँछ ।

पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन् । रातो विद्रोहको रंग हो । निर्देशक सुवेदीले पनि सिनेमामा मलिकालाई विद्रोही स्वभावमा प्रस्तुत गरेको हुनसक्ने पोस्टरबाट अनुमान गर्न सकिन्छ । मलिकालाई पोस्टरमा जुन रुपमा प्रस्तुत गरिएको छ, त्यसले सिनेमाप्रति दर्शकमा उत्सुकता जगाउन सक्नेछ । सार्वजनिक पोस्टरले मलिकाको सिनेमामा सशक्त भूमिका रहेको बुझ्न सकिन्छ ।

निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको सिनेमामा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । सिनेमामा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।

दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर