कटक मल्लको ‘न्याय-अन्याय’ बजारमा – Nepal Press

कटक मल्लको ‘न्याय-अन्याय’ बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय र वातावरण कानूनविज्ञ डा. कटक मल्लको पुस्तक ‘न्याय-अन्याय कानूनः भू-राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको पुस्तकमा कानून, राजनीति, मानवअधिकार, न्यायपालिका, भू-राजनीति/कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै र्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानूनी दर्शनको दस्तावेज भएको बताए । उनले भने, ‘नेपालमा कानून सम्बन्धी पहिलो किताब २०१ वर्ष अगाडि लेखिएको थियो । त्यस यता धेरै किताब लेखिए तर कानूनी दर्शनका आधारमा लेखिएका थिएनन् । यो किताब कानूनी दर्शनको किताब हो ।’

पुस्तकमाथि टिप्पणी गर्दै पूर्व न्यायाधीश डा. प्रभा बस्नेतले मल्लको किताबमा न्यायीक विषयहरुलाई आलोचनात्मक र रचनात्मक शैलिमा प्रस्तुत गरिएको बताइन् । त्यसैगरी विश्लेशक डा. चन्द्रदेव भट्टले मल्लको किताब कानून, समाज, लोकतन्त्र र भू–राजनीतिक दार्शनिक दस्तावेज भएको टिप्पणी गरे ।

मल्लको यस अगाडि नेपाली भाषामा ‘मानवअधिकार’ किताब प्रकाशित छ । मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *