आईटी सेन्टर चलाएर अनलाइनमार्फत् ठगी गर्ने भारतीयसहितका गिरोह पक्राउ – Nepal Press

आईटी सेन्टर चलाएर अनलाइनमार्फत् ठगी गर्ने भारतीयसहितका गिरोह पक्राउ

डोटी । अनलाइनमार्फत ठगी गर्ने भारतीयसहितका ९ जना पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले कैलालीको धनगढीबाट उनीहरुलाई विभिन्न कम्पनीका ११ थान ल्यापटप, ८ थान मोवाइल सेट, १२ थान हेडफोन लगायतका उपकरणहरुसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५ नेपाली र ४ भारतीय नागरिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका–६ का २९ वर्षीय मिन बहादुर सुनार, बेल्डाडी गाँउपालिका–२ का ३० वर्षीय विशाल सुनार, २२ वर्षीय जयराम सुनार र २८ वर्षीय कमल सुनार रहेका छन् । यस्तै, पक्राउ परेका भारतीय नागरिकहरुमा नयाँ दिल्लीका ३२ वर्षीय अमित कुमार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार र १९ वर्षीय प्रियंसु ठाकुर रहेका छन् ।

कैलाली धनगढी उप–महानगरपालिका–५ तारानगरस्थित एक व्यक्तिको घरको दोस्रो तलामा अवैध रुपमा आईटी सेन्टर सञ्चालन गर्दै आएका उनीहरुलाई कैलाली र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरुले अबैध रुपमा आईटी सेन्टर सञ्चालन गरी बिभिन्न बहानामा मनी लाउण्डरिङ्ग, बीमा दुर्घटना लगायत विषयमा प्रलोभनमा अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले पोल्याण्ड लगायतका नागरीकहरुलाई अनलाइन ठगी गर्ने गरेको प्रहरी नायब उपरीक्षक चन्दले वताए । विशेष सूचनाका आधारमा प्रहरीको टोलीले उक्त घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *