बल्खुमा झडप : प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार (तस्बिरहरू/भिडिओ) – Nepal Press

बल्खुमा झडप : प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार (तस्बिरहरू/भिडिओ)

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीसँग प्रसाईँका पक्षधरको झडपसमेत भएको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो ।

अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर