सुन तस्करी छानबिन आयोगमा चारजना थप – Nepal Press

सुन तस्करी छानबिन आयोगमा चारजना थप

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

थपिएकाहरूको नाम भने उनले खुलाइनन् ।

यसअघि असोज १४ गते उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरिएको थियो । आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर