प्रहरी एकेडेमीको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोज्ने एक जना सीआईबीको नियन्त्रणमा – Nepal Press

प्रहरी एकेडेमीको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोज्ने एक जना सीआईबीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई भोगचलनका लागि दिइएको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

व्युरोले काभ्रेको पनौती नगरपालिकास्थित सुनथानका ६७ वर्षीय पुस्करबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

सरकारले सुनथानस्थित वन क्षेत्रको जग्गा प्रतिष्ठानलाई भोगचलनका लागि दिएको थियो । बस्नेतले उक्त जग्गाको केही भाग व्यक्तिको नाममा ल्याउन सरकारी कागजात कीर्ते गरेको आरोप लागेको छ ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगञ्जबाट काभ्रेको पनौती सार्न सरकारले जग्गा उपलब्ध गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर