एपीवान टीभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता, भूषण दाहालको असन्तुष्टि – Nepal Press

एपीवान टीभीले रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता, भूषण दाहालको असन्तुष्टि

काठमाडौं । एपीवान टीभीले राजसंस्थावादी अभियन्ता दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रशारणमा रोक लगाएको छ । सो अन्तर्वार्ता वरिष्ठ पत्रकार भूषण दाहालले लिएका थिए ।

दाहालले व्यवस्थापनको हवाला दिएर अन्तर्वार्ता प्रसारण नगरिने जानकारी एपीवान टीभीबाट प्राप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले अन्तर्वार्ताको क्लीपसहित आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी १ एचडी बाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँछु ।’

उनले टेलिभिजनले रोकेको कार्यक्रम युट्युबमा आज राति ८ बजे अपलोड गर्ने जानकारी दिएका छन् ।

दाहालले शेयर गरेको भिडिओ फुटेजमा प्रसाईंले नेपालमा अब व्यवस्था परिवर्तन हुने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यो देशमा राजा र प्रधानमन्त्री अब को हुन्छ मलाई थाहा छैन । तर, व्यवस्था परिवर्तन हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर