नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले प्रधानमन्त्री प्रचण्डलाई दियाे धन्यवाद-पत्र – Nepal Press

नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले प्रधानमन्त्री प्रचण्डलाई दियाे धन्यवाद-पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने निर्णय गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद ज्ञापनपत्र प्रदान गरेका हुन् ।

उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ताली (फेता) समेत प्रदान गरेको थियो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्को तिथिमितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्य रुपमा उल्लेख गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर