प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटघाट – Nepal Press

प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटघाट

शान्ति सम्झौताका बाँकी काम यथासक्य छिटो टुंग्याउने प्रतिबद्धता

काठमाडौं । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।

आज मंसिर गते तत्कालीन सात राजनैतिक दल र नेकपा(माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन हो । २०६३ मंसिर ५ मा भएको हस्ताक्षरले देशमा जारी युद्धको अन्त्य गरेर देशलाई गणतन्त्रमा प्रवेश गराउने आधार तय गरेको थियो ।

उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका ३ जना शीर्ष नेताहरू बालुवाटारमा भेटवार्ता गरी शान्ति सम्झौताका बाँकी कामहरूलाई यथासक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर