सांसद अमरेशको गाडीलाई कसले दियो ठक्कर ? – Nepal Press

सांसद अमरेशको गाडीलाई कसले दियो ठक्कर ?

जनकपुरधाम । स्वतन्त्र संघीय सांसद डा. अमरेश कुमार सिंहले आफ्नो गाडीलाई ओभरटेक गर्दै ५/६ जना चढेको गाडीले ठक्कर दिएको बताएका छन् ।

सांसद डा. सिंह रौतहटका हुन् । गृह निवास बलराबाट एअरपोर्टतर्फ बढ्दै गर्दा धनकौल गापास्थित सेखौनामा गुण्डागर्दी शैलीमा ५/६ जनाको समूहले आफ्नो गाडीमा ठक्कर दिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सुधिर सिंह उर्फ मुन्ना भन्ने व्यक्तिले बा.१७ च. ९६३२ नम्बरको गाडीमा ५-६ जनाको समूहमा गुन्डागर्दी शैलीमा आफ्नो गाडीलाई ओभरटेक गर्दै गाली गलौज ठक्कर दिने काम गरेको उल्लेख गरेका छन् ।

सांसद डा. सिंहले गुण्डागर्दी शैलीमा ओभरटेक गर्दै ठक्कर दिने र गाली गर्नेहरुलाई यथाशीघ्र कानूनी कारबाही गर्न गृह प्रशासनसँग माग गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *