फरार रहेका मेयरले भने- मेरो घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्छु, कानुनी व्यवस्था मिलाइदिनु – Nepal Press

फरार रहेका मेयरले भने- मेरो घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्छु, कानुनी व्यवस्था मिलाइदिनु

पोखरा । ६ महिनादेखि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सामाजिक सञ्जालमा लाइभ आउँदै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् ।

मेयर नेपालीले मंगलबार सामाजिक सञ्जालमा लाइभ आउँदै आफ्नो नाममा रहेको घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्न चाहेको बताएका हुन् । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन मेयर नेपालीले आग्रह गरेका छन् ।

‘सहकारीको समस्या बचतकर्ताहरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमती को नाममा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालय मा गई हस्तान्तरण गर्न को लागी चाहान्छु । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वालाहरुलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डीएसपी मदन केसीले भिडिओको विषय अनुसन्धान भैरहेको बताएका छन् । ‘हामीले पनि त्यो भिडियो भर्खर देख्यौं । वास्तविकता के रैछ अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार छन् ।
सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नेकपा एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *