टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग कारण माग – Nepal Press

टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग कारण माग

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन ।

गत २७ गते बसेकाे  मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सामाजिक सञ्जाल प्लेटफर्म  टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध १० जनाको रिट निवेदन परेको थियो । ती सबै निवेदनलाई सर्वोच्चले एकमुष्ट सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायत विभिन्न ओटीटी प्लेटफर्मममाथि रोक लगाउनु पर्ने माग सहित वीपी गौतमले र नेपाल केवल टेलिभिजन महासंघले हालेको मुद्दाका निवेदकले पनि बहसमा इन्टरभेन्टसन गरेका थिए । उक्त मुद्दामा अधिवक्ताद्वय सुलभ खनाल र कृपा सुवेदीले बहस गर्दै अवैध सामाजिक सञ्जाल तथा ओटीटी एपहरु बन्द गर्नुपर्ने जिकिर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *