नेपाली युवाले टिकटकको विकल्पमा ल्याए ‘रमाइलो’ – Nepal Press

नेपाली युवाले टिकटकको विकल्पमा ल्याए ‘रमाइलो’

काठमाडौं । नेपाली युवाले टिकटकको विकल्पमा ‘रमाइलो’ मोबाइल एप सार्वजनिक गरेका छन् । आजदेखिआइडिया जार डिजिटल कम्पनीले याे एप सञ्चालनमा ल्याएको हो ।

आइडिया जार डिजिटल कम्पनीले छोटो भिडिओका लागि टिकटकको विकल्प सो एप ल्याएको हो । जुन एपमा भिडिओ हेर्ने, अपलोड गर्ने, भिडियो एक्सप्लोर, लाइक, कमेन्ट, शेयर र लाइभ बस्न मिल्छ ।

तर, एपमा १३ वर्ष उमेरभन्दा माथिकाले पहुँच राख्न पाउनेछन् । नेपाल सरकारले टिकटक ब्याड गरेपछि नेपालमै बनेको ‘रमाइलो’ एपलाई नेपाली प्रयोगकर्ताले कतिको रुचाउने अपेक्षा निर्माताले गरेका छन् ।

एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोग समेत गर्ने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *