भूकम्प प्रभावितको गुनासो- कसैले टन्नै राहत पाए, हामी पाँच दिनदेखि धाइरहेका छौँ (भिडिओ) – Nepal Press

भूकम्प प्रभावितको गुनासो- कसैले टन्नै राहत पाए, हामी पाँच दिनदेखि धाइरहेका छौँ (भिडिओ)

रुकुम पश्चिम । सानिभेरी गाउँपालिका ४ कि ७० वर्षकि झुम्पा चन्द पछिल्लो ५ दिनदेखि २ घण्टा पैदल हिँडेर वडा कार्यालय पुग्छिन् । बिहान १० नबज्दै वडा कार्यालय पुग्ने झुम्पा ४ बज्दा कार्यालय बाट फर्किन्छिन् ।

पुर्नगाउँमा उनको घर पूर्ण रुपले क्षति भएको छ । राहत पाउने आसमा उनी भत्किएको घर छोडेर वाडा कार्यालय आउँछिन् । ‘दिनभर कुरेर बस्छु रात परेपछि राहत नलिएरै फर्किन्छु’, उनले भनिन्, ‘आज ५ दिन भयो । राहत पाएनौ ।’

यहाँकी गीता चन्दको पनि पीडा र गुनासो उस्तै छ । आफू ५ दिनसम्म वडा कार्यालय धाउँदा पनि राहत नपाएको उनले गुनासो पोखिन् । राहतको गाडी आउने र आफूले राहत पाउने आसमा वडा कार्यालय धाउन बाध्य रहेको गीताले गुनासो पोखिन् ।

‘गाडीमा राहत आउँछ तपाईंहरुले पाउनु हुन्छ भनेर भनेपछि हामी यहाँ आउँछौ’, उनले भनिन्, ‘यहाँ आउन थालेको पनि ५ दिन भयो केही पाएका छैनौ ।’

पहिलो चरणमा भूकम्प गएपछि १ त्रिपाल, आधा कट्टा चामल म्याट र खाने तेल प्रभावितले पाएका थिए । स्थानीयले उक्त राहत सामग्री पनि सरकार बाट नभइ गैरसरकारी संस्थाबाट पाएको बताए । त्यस अलवा अन्य राहत सामग्री आएको सुनिएपनि आफूहरुले नपाएको स्थानीय अमृता मल्लले बताइन् । सुत्केरीका लागि बत्ती लगायत अन्य राहत भए पनि आफूले कुनै थप राहत नपाएको उनले गुनासो पोखिन् । राहतमा विभेद भएको उनको गुनासो छ ।

यता गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले पर्याप्त राहत वितरण गरिएको दाबी गरेका छन् । उनले पहिलो चरणमा राहत उपलब्ध गराएको र अहिले पुनर्निर्माणमा केन्द्रित रहेको उनले जानकारी दिए । ‘हामीले पर्याप्त राहत दिएका छौँ । अहिले हामी पुनर्निर्माणमा केन्द्रित छौ’, अध्यक्ष बिष्टले बताए ।

पूर्ण क्षति भएकाहरुलाई राहत दिएको र अहिले क्षति कम भएकाहरुले पनि पर्याप्त राहतको अपेक्षा गरेका कारण समस्य भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर