एलायन्स फर कम्युनिटी मिडियाद्वारा टेलिभिजन पत्रकारिता पुरस्कार स्थापना – Nepal Press

एलायन्स फर कम्युनिटी मिडियाद्वारा टेलिभिजन पत्रकारिता पुरस्कार स्थापना

रूपन्देही । विश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट सामाजिक विकासमा टेवा पुग्ने गरी समाचार लेख्ने पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने जनाएको छ ।

१५ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष विश्व टेलिभिजन दिवसकै अवसरमा प्रदान गरिने एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेले नेपालमा स्थापना भएका सामुदायिक टेलिभिजनहरुलाई संगठित गरी उनीहरुको क्षमता विकास र त्यहाँ कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि गठन गरिएको मिडियाले टेलिभिजनमा कार्यरत पत्रकारहरुको प्रोत्साहनको लागि पुरस्कार स्थापना गरिएको बताए ।

पाण्डेले विश्व टेलिभिजन दिवसको अवसरमा सम्पूर्ण टेलिभिजनकर्मीहरुलाई शुभकामना व्यक्त गर्दै यसको उदेश्य अनुरूप काम गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर