भारतमा सम्पन्न एक दिवसीय विश्वकपमा दर्शकले नयाँ कीर्तिमान बनाए: आईसीसी – Nepal Press

भारतमा सम्पन्न एक दिवसीय विश्वकपमा दर्शकले नयाँ कीर्तिमान बनाए: आईसीसी

काठमाडौं । भारतमा आइतबार सम्पन्न एक दिवसीय विश्वकपमा रंगशाला पुगेर खेल हेर्ने दर्शकको नयाँ कीर्तिमान बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार १२ लाख ५० हजार ३०७ जना खेल हेर्न रंगशाला पुगेका थिए ।

यसअघि कुनै पनि एक दिवसीय विश्वकप हेर्न यति धेरै दर्शक रंगशाला नपुगेको आईसीसीले जनाएको छ । सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियाले आयोजना गरेको संस्करण १० लाख १६ हजार ४२० जना दर्शकले हेरेर नयाँ कीर्तिमान बनाएका थिए । त्यही कीर्तिमान भारतमा तोडिएको हो ।

चार वर्षअघि इङ्ल्यान्ड र वेल्समा आयोजना भएको विश्वकप ७ लाख ५२ हजारले रंगशाला पुगेर हेरेका थिए । भारतमा भर्खरै सम्पन्न विश्वकप दौरान ४८ खेल भएका थिए । फाइनलमा अस्ट्रेलियाले भारतलाई हराएर छैटौं पटक विश्वकप उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर