बैंकले ब्याजदर २ प्रतिशतभन्दा माथि फरक बनाउन नपाउने – Nepal Press

बैंकले ब्याजदर २ प्रतिशतभन्दा माथि फरक बनाउन नपाउने

काठमाडौं । अब बैंकहरुले २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरूका बीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले सूचित गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेर मात्र कर्जा लिनसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर