रौतहटमा ४ थान अत्याधुनिक हतियार बरामद, सशस्त्र प्रहरीमाथि ढुंगामुढा – Nepal Press

रौतहटमा ४ थान अत्याधुनिक हतियार बरामद, सशस्त्र प्रहरीमाथि ढुंगामुढा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

इन्टेलिजेन्स व्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका- ३ स्थित एक घरबाट आइतबार ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नालसमेत बरामद गरेको छ । सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा व्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो ।

बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा थप अप्रेसन जारी छ । केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अवस्थामा रहेका छन् । हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहीको गाडीको सिसा फुटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *