भारतले ५ विकेट गुमायो, ३६ ओभरमा १७८ रन – Nepal Press

भारतले ५ विकेट गुमायो, ३६ ओभरमा १७८ रन

काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अहिले अस्ट्रेलियाविरुद्ध भिडिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ ।

भारतले ३६ ओभरमा ५ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ । पाँचौँ विकेटका रूपमा रवीन्द्र जडेजा ९ रन बनाएर आउट भए । केएल राहुल ५५ रनमा खेल्दैछन् ।

विराट कोहली ५४ र रोहित शर्माले ४७ रन जोडे भने सुभमन गिल र श्रेयस अय्यरले समान ४ रन बनाए ।

८१ रनमा तीन विकेट गुमाएको अवस्थामा कोहलीले केएल राहुलसँग ६७ रनको साझेदारी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *