माओवादी फुटेपछि जनयुद्धका उपलब्धि हराउँदो रहेछ, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड – Nepal Press

माओवादी फुटेपछि जनयुद्धका उपलब्धि हराउँदो रहेछ, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको बताएका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताए ।

माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको उनको भनाइ छ ।

उनले भने, ’नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको थियो। नेकपा अध्यक्ष डा. बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको छ ।’

यस्तै, नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत बताए । चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने आश्वासन दिए ।


प्रतिक्रिया

One thought on “माओवादी फुटेपछि जनयुद्धका उपलब्धि हराउँदो रहेछ, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड

  1. अब जनताले सडकमा पुर्याउने भए भन्ने देखेर भुरे टाकुरेको सहारा लिन खोज्दैछन् प्रचण्ड । अब तिमी सकियौ । कुनै ठग कुरा कसैले पत्याउनेवाला छैन । समाजवादी मोर्चा भनेर दुई महिना ठग धन्दा चलायौ । अब एकताको ठग धन्दा चलाउदैछौ। तर केही हुनेवाला छैन । तिमी सकिएर चत्रपथ घुम्ने वसमा खलासीसँग दुई रूपैया भाडामा झगडा गरेको दिन देख्न बेर छैनजस्तो लाग्छ मलाई त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर