भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीलाई जेलमा हालेपछि सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दैछन् : प्रधानमन्त्री – Nepal Press

भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीलाई जेलमा हालेपछि सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दैछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् । रुकुम पुर्वको मैकोटको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विश्वमा भ्रष्टाचारको कारणले बद्नाम भएपछि सरकारले भ्रष्टाचारीहरुविरुद्ध अभियान थालेको बताए ।

उनले भने, अहिले हिजो भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीहरु जेलमा छन् । सरकारी जग्गा व्यक्तिको नाममा बनाएर त्यसबाट राज्यलाई ठग्नेविरुद्ध पनि सरकार अभियान चलाएको छ । यस्तै, तस्करी गरेर अकुत सम्पत्ति कमाउने गिरोह हरुलाई पनि गिरफ्तार गरेर यही सरकारले गरेको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारले पहिलो चोटी सुरु गरेको अभियानले जाली फटाहा, शोशक, दलाल, नोकरशाहहरु आत्तिएको टिप्पणी गरे ।

उनले भने, सरकार र गठबन्धनको बारेमा विभिन्न भ्रम सिर्जना गर्ने षड्यन्त्र पनि गरेका छन् । तिनीहरुको केही लाग्नेवाला छैन । यो गठबन्धन पुरै पाँच वर्ष जानेवाला छ । र यो अभियान पनि निरन्तर बढ्नेवाला छ । यो अभियानको पक्षमा जनमतको सिर्जना गर्न सबैलाई आह्वान गर्छु ।

 


प्रतिक्रिया

One thought on “भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीलाई जेलमा हालेपछि सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दैछन् : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर