काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा छलफल – Nepal Press

काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा छलफल

काठमाडौं । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयमा छलफल भएको छ ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, तीन वटै जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागकाका प्रमुख सहभागी भएका थिए ।

मन्त्रालयमा भएको छलफलमा समग्र काठमाडौं उपत्काको सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता एवम सहसचिव नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘हाम्रो नियमित छलफल नै हो । समग्र काठमाडौं उपत्यकाका सुरक्षा व्यवस्था के कस्तो भइरहेको छ र कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा नै केन्द्रित भयो र सचिव ज्यूले आवश्यक निर्देशन दिनुभयो ।’

बैठकमा सहभागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार बैठकमा दशै तथा तिहारमा भएको सुरक्षा व्यवस्थाको समिक्षा तथा आगामी सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार बैठकमा मंसिर  ७ गतेकाे  सुरक्षाा व्यवस्थाकाे बारेमा छलफल भएकाे थियाे । मंसिर ७ गते अराजक  गतिविधि र घटना  घट्न नदिन  छलफल भएकाे स्राेतले बतायाे ।

मंसिर ७ गते दुर्गा प्रसाईं र एमाले निकट युवा स‌ंघले माइतीघरमा छुट्टाछुटै आन्दाेलनकाे कार्यक्रम घाेषणाा गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर