ओलीको आरोप- सरकारले विकासमा होइन गुन्डा र अपराधीलाई छुटकारा दिन रुचि देखाएको छ (भिडिओ) – Nepal Press

ओलीको आरोप- सरकारले विकासमा होइन गुन्डा र अपराधीलाई छुटकारा दिन रुचि देखाएको छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासभन्दा गुन्डाहरूको संरक्षणमा आफ्नो रुचि देखाएको आरोप लगाएका छन् ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई विकाशतर्फ नभएर गुन्डाहरूको प्रोत्साहन र अपराधीहरूलाई छुटकारा दिनतर्फ केन्द्रित भएको बताए ।

सबै तहका अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गर्दा पनि सरकारले थुन्नै नहुने भन्दै त्यस्ता व्यक्तिलाई आममाफी दिने गरेको पनि बताए ।

उनले भने- जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्छ । पुनरावेदन अदालतले, उच्च अदालतले त्यसैलाई दोहोर्‍याउँछ । सर्वोच्चले त्यही भन्छन् । तर सरकार थुन्नै नहुने भन्छ । अदालत किन चाहियो ? सरकारलाई मन परेका मान्छे थुन्न नपर्ने मन नपरेका मान्छेहरू थुन्न पर्ने ?

देशमा अराजकता मच्चाउन पाइने न्याय माग्न पाइने ? हो भन्दै उनले प्रश्न गरे ।


प्रतिक्रिया

One thought on “ओलीको आरोप- सरकारले विकासमा होइन गुन्डा र अपराधीलाई छुटकारा दिन रुचि देखाएको छ (भिडिओ)

  1. गुण्डासँग पैसा खाएर छुटाएको हो । ठगबन्धन लुटेराहरूको झुण्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर