शंकर पोखरेलको दाबी- देश कमजोर बनाउन एमाले र नेपाली सेनामाथि आक्रमण हुँदैछ (भिडिओ) – Nepal Press

शंकर पोखरेलको दाबी- देश कमजोर बनाउन एमाले र नेपाली सेनामाथि आक्रमण हुँदैछ (भिडिओ)

एमाले महासचिवको प्रश्न- हामी सत्तामा छैनौँ भन्दैमा सरकारको नालायकीका कारण उत्पन्न निराशा र अराजकता हेरेर बस्न सक्छौँ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउनेहरू नालायक भए भन्दैमा एमाले सामाजिक अराजकता टुलुटुलु हेरेर बस्न नसक्ने प्रष्ट पारेका छन् ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै न्याय र सत्यका पक्षमा एमाले पङ्क्ति उभिन सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको बताए ।

महासचिव पोखरेलले भने- हामी सत्तामा छैनौँ त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैर जिम्मेवार बन्न सक्छ ? समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्यसत्ताको हो भनेर हामी उदासीन बन्न सक्दैनौँ । शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्छ । त्यो कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन् ।

महासचिव पोखरेलले सरकार चलाउनेहरूको कमजोरी र उदासीनताका कारण मुलुक धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेषतर्फ गइरहेको भन्दै एमाले यस्तो अवस्थामा चुप लाग्न नसक्ने बताए ।

अहिले मुलुकमा एमाले र नेपाली सेना दुई वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै यी दुई शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भएकाले यी घटना बढिरहेको पोखरेलले बताए ।


प्रतिक्रिया

2 thoughts on “शंकर पोखरेलको दाबी- देश कमजोर बनाउन एमाले र नेपाली सेनामाथि आक्रमण हुँदैछ (भिडिओ)

  1. सहि हो ।त्यो पनि दिल्लीको निर्देशनमा ठगबन्धनका टट्टुहरूमार्फत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर