एक सातापछि धकेलियो एलपीएलको ८ संस्करण – Nepal Press

एक सातापछि धकेलियो एलपीएलको ८ संस्करण

कैलाली । लिटिल फ्लावर प्रीमियर लिग को ८ संस्करण एक साता ढिलो सुरु हुने भएको छ । यस अघि मंसिर ९ देखि २३ सम्म आयोजना गर्ने तयारी गरिएको एलपीएल अब मंसिर १७ गतेदेखि ३० गतेसम्म हुने भएको छ ।

केपी ओली कप क्रिकेट प्रतियोगिता समेत सोही समयमा आयोजना हुने भएकोले हुँदा प्रतियोगिता नजुधाउन एलपीएल एक सातापछि धकेलिएको आयोजक लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । शनिवार प्रतियोगिताको खेल तालिका प्रकाशन गरिने उनले बताए ।

प्रतियोगितामा काठमाडौँ, दाङ,रौतहट,कैलाली र कञ्चनपुरबाट १६ वटा टिम सहभागी हुँदै छन् । विजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने छन् । त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर