आईएसपीहरुले महिनामा २ अर्बको ब्याण्डविथ किन्छन्, तर ७० प्रतिशत टिकटकमै प्रयोग हुन्छ: प्राधिकरण – Nepal Press

आईएसपीहरुले महिनामा २ अर्बको ब्याण्डविथ किन्छन्, तर ७० प्रतिशत टिकटकमै प्रयोग हुन्छ: प्राधिकरण

काठमाडौं । नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले विदेशबाट ब्याण्डविथ किनेर ल्याउने गरेका छन् ।

नेपालमा आयात हुने ब्याण्डविथको ६५ देखि ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने बताउँदै त्यसको करिब ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको जानकारी दिए ।

उनले भने, ‘नेपालमा प्रतिमहिना २ अर्ब रुपैयाँ बराबरको ब्याण्डविथ प्रयोग हुने गरेको छ । टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ७० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको छ । यो भनेको करिब १ अर्ब ४० करोडको ब्याण्डविथ टिकटकमा मात्रै प्रयोग भएको थियो ।’

सरकारले टिकटक रोकेपछि १ अर्ब ४० करोडको ब्याण्डविथ प्रयोग नहुने अनुमान गरेको थियो । तर, सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि टिकटक प्रयोगकर्ताहरुले भने मोबाइलको सेटिङ मिलाएर वा भीपीएन प्रयोग गरेर निरन्तर टिकटक प्रयोग गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “आईएसपीहरुले महिनामा २ अर्बको ब्याण्डविथ किन्छन्, तर ७० प्रतिशत टिकटकमै प्रयोग हुन्छ: प्राधिकरण

  1. हेर दरिद्र सोच ! व्याण्डविथ बचाउने नै भए फेसबुक र युट्युव पनि बन्द गरे हुन्छ नि । तर दलालहरूको हिम्मत छैन किनकी मालिकले थर्काउँछ ।नेपाललाई दिल्ली र अमेरिकाको नोकर बनाएर चीनलाई चिढाउने काम गर्दैछन् टट्टुहरू । मुलुक युक्रेन बन्ने खतरा बढदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर