विकासका कामहरुमा देशभरि हार्डवेयर र सफ्टवेयर असन्तुलन भइरहेको छः स्वर्णिम वाग्ले – Nepal Press

विकासका कामहरुमा देशभरि हार्डवेयर र सफ्टवेयर असन्तुलन भइरहेको छः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद तथा अर्थविद् स्वर्णिम वाग्लेलले विकासका कामहरुमा देशभरि नै हार्डवेयर र सफ्टवेयरको असन्तुलन भइरहेको बताएका छन् ।

शुक्रबार तनहुँको आँखैरेनी अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाग्लेलले यस्तो बताएका हुन् ।

‘विकासका कामहरुमा नेपालका समग्र ७७ वटै जिल्लाहरुमा हार्डवेयर र सफ्टवेयरको असन्तुलन भइरहेको बताउँदै २०४८ सालपछि हार्डवेयर ठिकै रहेकाे स्मरण गरे ।

‘हार्डवेयरतिर हामीले ध्यान दियौं । तर, पछिल्ला केहि वर्षहरुमा भवन बनाउने, मेसिनहरु किन्नेमा तदारुक्ता भइरहेको छ । तर, सफ्टवेयरको पाटोमा पद्ती बसाउने, जनशक्ति टिकाउने र एउटा भरपर्दो सेवालाई निरन्तरता कायम गर्नको लागि जति आवश्यक मेहेनत गर्नुपर्ने हो नगरिएको पाइएको छ ।’ वाग्लेलले भने, सुदुरपश्चिममा अर्बै खर्च गरेर गटा अस्पतताल बनाइएको छ । भवन बनाउने काम फटाफट गरिहाल्ने तर, सञ्चालनमा ल्याउन तदारुक्ता नदेखाउने । किन त्यस्तो हुन्छ भन्ने कुरा सबैमा जग जायर नै रहेको छ । शिक्षाको सफ्टवेयरको पाटोमा शिक्षकहरुको गुणस्तर, ट्रेनिङ, विद्यार्थिहरुलाई कसरी टिकाउने भन्नने कुरामा केहि गैर सरकारी संस्थासंगलाई परिचालन गरेर शिक्षाको गुणस्तरलाई सम्बोधन गर्ने गरेर पहल लिइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर