मालीमा राष्ट्रसंघीय मिसन बन्द: फर्कियो नेपाली सेना – Nepal Press

मालीमा राष्ट्रसंघीय मिसन बन्द: फर्कियो नेपाली सेना

काठमाडौं । मालीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ ।

संयुक्त राष्ट्रसंघले मालीमा शान्ति मिसन बन्द गरेपछि नेपाली सेनाले आफ्नो टोली फिर्ता बोलाएको हो ।

प्रमुख सेनानी चित्रकुमार कार्कीको कमान्डमा हातहतियार बन्दोबस्तीको सामग्रीसहित ८१ जनाको टोली बिहीबार नेपाल फर्किएको छ ।

नेपाली सेनाको १६८ जनाको टोली मालीमा कार्यरत थियो । टोलीका बाँकी सदस्य स्वदेश फर्कने क्रममा रहेको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर